देश

गणतन्त्रमाथि खतरा बढ्योः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रमाथि खतरा बढेको बताएका छन् ।

 

शनिवार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले जनताले उखेलेर फालिसकेको प्रतिगामी तत्वले टाउको उठाउने प्रयास गरिरहेकोले त्यसकाविरुद्ध एकजुट हुन एकीकृत समाजवादी आन्दोलनमा रहेको उल्लेख गरे ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनले नै जनतालाई मुक्ति दिएकाले समाजवादको सपना पूरा गर्न कम्युनिष्ट पार्टीबाहेक अरुले नसक्ने दाबी गरे । नेपालले कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौं विकृति र विसंगतिहरुसँग जुध्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले मुलुकको परिस्थितिको आधारमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने विषयमा छलफल आवश्यक रहेको उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *