देश

बजेटबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं। सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैँछ ।कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सो बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *