विश्व

इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी

इजरायली रक्षा बल (आइडिएफ) ले बुधबार साँझ चेतावनी जारी गर्दै इजरायली आक्रमणअघि गाजा सहरको पश्चिममा रहेको अल–रिमल वरपरका क्षेत्र तत्काल खाली गर्न आग्रह गरेको छ ।

आइडिएफ अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा प्रकाशित चेतावनीमा संलग्न नक्सा अनुसार चेतावनी दिइएको स्थानहरूमा विद्यालय र अस्पताल परिसरहरू समावेश छन् ।

अद्राईले हमासले ‘आतङ्कवादी गतिविधिहरू’ का लागि यी नागरिक क्षेत्रहरूको शोषण गरिरहेको उल्लेख गर्दै आइडिएफले ठूलो बलका साथ क्षेत्रहरूमा आक्रमण गर्ने पुष्टि गर्नुभयो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई पराजित गर्ने प्रयासका साथ अगाडि बढ्नका लागि आगामी दिनमा इजरायली सेना ‘पूर्ण बलका साथ’ गाजामा प्रवेश गर्ने मङ्गलबार चेतावनी दिएपछि निकासी आदेश आएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *