देश

विनियोजन विधेयक कार्यान्वयनमा ध्यान दिइओस् : सांसद महत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाशशरण महतले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू उपयुक्त दिशातर्फ उन्मुख रहेको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद महतले यस्तो बताएका हुन् ।

अगामी आर्थिक वर्षको बजेटले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूलाई समेटेर ठोस प्रस्तावहरू ल्याउन सक्नुपर्ने बताए । उनले बढ्दो लोकप्रियतावादबाट माथि उठ्न जरुरी रहेको रहेको बताए । उनले दलका शीर्ष नेतृत्व नै लोकप्रियताका लागि प्रतिस्पर्धामा उत्रिँदा मुलुकमा अनावश्यक अपेक्षा सिर्जना गरेको बताए । उनले बजेट निर्माणका क्रममा उपलब्ध साधन स्रोतको प्रभावकारी उपयोग र प्राथमिकिकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने ‘समग्रमा अर्थमन्त्रीयुद्वारा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता उपयुक्त दिशातर्फ उन्मुख छ । मूलभूत रुपमा आउने दिनमा कार्यान्वयनको अवस्था के रहनेछ रु बजेटले यी सिद्धान्त र प्राथमिकताहरूलाई समेटेर अगाडी बढ्न ठोस प्रस्तावहरू कसरी ल्याउँछ । तर यसमा केही कुराहरू छन् जसमा हामी अझै ठोस ढङ्गबाट प्रस्तुत हुन सक्थ्यौँ । अहिलेको अवस्था के छ भने लोकप्रियतावादबाट हामी अगाडि बढ्न जरुरी छ । लोकप्रियतावादले यो देशमा धेरै समस्याहरू सिर्जना गरेको छ । अनावश्यक एक्सपेक्टेसन बढाएको छ । लोकप्रियताकै लागि दलका नेताहरू प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले हामीले आफूसँग भएको साधन स्रोतलाई कसरी प्राथमिकिकरण गर्ने ? कसरी एक एक पैसाको सदुपयोग गर्ने ? भन्ने नीतिको मात्रै प्रभावकारिता देखिन्छ । त्यसले मात्रै मुलुकको अर्थतन्त्र उकास्न ठोस योगदान गर्छ भन्ने मलाई लागेको छ ।’

अब बजेटमार्फत घोषणा गर्नेमात्र नभई काम गर्न थाल्नुपर्नेमा सांसद महतको जोड छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *