देश

जलेश्वर अस्पतालमा औषधि अभाव, बिरामीलाई समस्या

जलेश्वर। जलेश्वरस्थित प्रादेशिक अस्पतालमा आवश्यक औषधि नहुँदा बिरामीको उपचारमा कठिनाइ भएको छ। अस्पतालका प्रमुख डा. विकास साहले सरकारले निःशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधिहरू दुई महिनादेखि अभाव भएको बताए।

दश नगरपालिका र पाँच गाउँपालिकाका बिरामीहरू उपचारका लागि आउने यस अस्पतालमा दैनिक करिब ३०० जना बिरामी आउने गरेको जानकारी दिँदै अस्पताल प्रमुख साहले औषधि अभावको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

उनले मधेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग पनि औषधिका लागि निरन्तर अनुरोध गरिएको बताए। आकस्मिक कक्षका लागि आवश्यक औषधि अस्पतालले सीमित स्रोतबाट व्यवस्थापन गरिरहेको भए पनि अब इमर्जेन्सी सेवा पनि प्रभावित हुने अवस्था आएको उनको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *