
काठमाडौं । धादिङबाट पोखरा जाँदै गरेको एक ईभी सवारी लामेआहालमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्। तीव्र गति र मौसम खराबीका कारण गाडी अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।
ज्यान गुमाउनेमध्ये एक जनाको परिचय झाङमाया गुरुङ (धादिङ घर, पोखरा बसोबास)को रूपमा खुलेको छ। बाँकी दुईको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए।
दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेकाले अस्पतालबाट डिस्चार्ज भइसकेको छ। बाँकीको गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ। खराब मौसम र तीव्र गतिका कारण यस्ता दुर्घटना भइरहेकाले यात्रामा सचेत रहन प्रहरीको अनुरोध छ।