विश्व

पानामा बाहिरिएपछि कोलम्बिया चीनको बीआरआईमा जोडियो

काठमाडौं। ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रका एक देश पानामा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बाट बाहिरिएको केही समयमै अर्को ठूलो देश कोलम्बिया भने बीआरआईमा औपचारिक रूपमा सहभागी भएको छ।

कोलम्बियाली राष्ट्रपति गेस्ताबो पेत्रो चीन भ्रमणमा रहेका बेला सोमबार चीनसँग बीआरआईमा जोडिने घोषणा गरेका थिए। त्यसअनुसार आज कोलम्बिया र चीनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

कोलम्बियाका विदेशमन्त्री लाउरा साराबिआले बीआरआईमा सहभागी हुने निर्णयलाई “दशककै सबैभन्दा सशक्त कूटनीतिक कदम” भनेर उल्लेख गरेकी छन्।

यसअघि सन् २०२4 को फेब्रुअरीमा पानामाले बीआरआईबाट बाहिरिने निर्णय गरेको थियो। सन् १९०३ मा कोलम्बियाबाट अलग भएर पानामा स्वतन्त्र राष्ट्र बनेको थियो।

बेलायती समाचार संस्था रोयटर्सका अनुसार हालसम्म विश्वका करिब १५० देश बीआरआईमा सहभागी भइसकेका छन्, जसमा ल्याटिन अमेरिका क्षेत्रबाट मात्रै २० भन्दा बढी देशहरू छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *