देश

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिल पोखरेलको इजलासमा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने मागसहित दायर गरिएको रिट निवेदनमाथि आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले निवेदनको सुनुवाइका लागि न्यायाधीश सुनिल पोखरेलको इजलास तोकेको छ।

प्रारम्भिक सुनुवाइपछि अदालतले उनलाई थुनामा राख्नुपर्ने कारण पेस गर्न सरकार र गृह प्रशासनलाई आदेश दिन सक्नेछ। मिश्रकी पत्नी सारिका कार्कीले गैरकानुनी थुनामा राखिएको भन्दै हिजो (मंगलबार) बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उनले मिश्रलाई पक्राउ गर्ने प्रहरी कार्यालयदेखि थुनामा राख्न अनुमति दिने जिल्ला अदालत समेतलाई विपक्षी बनाउँदै तत्काल रिहा गर्न आदेश माग गरेकी छन्।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो। प्रहरीले मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ। हिजो (मंगलबार) अदालतले उनलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *