विश्व

पाकिस्तानमा भारतीय आक्रमणमा ४० सर्वसाधारण र ११ सैनिकको मृत्यु

पाकिस्तानी सेनाले मंगलवार गत हप्ता पाकिस्तानभर भारतीय क्षेप्यास्त्र आक्रमणमा १५ बालबालिका र सात महिलासहित ४० सर्वसाधारण मारिएका बताएको छ ।

साथै १ सय २१ जना घाइते भएका छन् । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सद्वारा जारी विज्ञप्तिअनुसार मातृभूमिको रक्षा गर्दा पाकिस्तानी सशस्त्र बलका ११ सदस्य मारिएका छन् ।

७८ जना घाइते भएका छन् । विज्ञप्तिका अनुसार मृतकहरूमध्ये ६ जना पाकिस्तानी सेनाका थिए भने पाँच जना पाकिस्तानी वायु सेनाका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *