खेलकुद

यू-१९ साफमा नेपाल भारतसँग पराजित, यस्तो बन्यो सेमिफाइनलको समीकरण

काठमाडौं । जारी साफ यू-१९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।

मंगलबार राति भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली स्टेडियम, युपियामामा सम्पन्न खेलमा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको हो । भारतले पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरेको थियो ।

यो जितपछि भारत समूह बी बाट समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ भने नेपाल उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।

भारतले पहिलो खेलमा श्रीलंकालाई ८-० ले पराजित गरेको थियो भने नेपालले श्रीलंकालाई ५-० ले पराजित गरेको थियो । लगातार दुई हारपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको थियो ।

त्यस्तै समूह ए बाट समुह विजेता हुदै बंगलादेश सेमिफाइनलमा पुगेको छ भने माल्दिभ्स उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । आजै सम्पन्न खेलमा माल्दिभ्ससँग २-२ को बराबरी खेलेपछि समुह चरणबाटै बाहिरिएको छ ।

अब सेमिफाइनलमा भारतले माल्दिभ्सको सामना गर्ने छ भने नेपालले बंगलादेशको सामना गर्ने छ । सेमिफाइनल खेल मे १६ मा हुने छ । त्यस्तै फाइनल खेल मे १८ मा हुने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *