देश

जाजरकोट कारागारमा झुण्डिएको अवस्थामा थुनुवा मृत फेला, घटनाको अनुसन्धान जारी

काठमाडौं  । जाजरकोट जिल्ला कारागारमा थुनामा रहेका एक थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा आइतबार बिहान कारागारभित्र झुण्डिएको अवस्थामा फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी)वसन्त शर्माले जानकारी दिए। आज बिहान कारागारभित्रै झुण्डिएको अवस्थामा उgलाई फेला पारिएको हो,डीएसपी शर्माले बताए।

प्रहरीका अनुसार, बुढा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका थिए। उनको मुद्दामा अदालतको अन्तिम फैसला हुन बाँकी रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृत्युको कारण पत्ता लगाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्दैछौं, डीएसपी शर्माले थपे।

यस घटनापछि कारागारको सुरक्षा व्यवस्थाबारे समेत थप चासो बढेको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर आवश्यक प्रमाण सङ्कलन गरिरहेको छ भने पोस्टमार्टम रिपोर्टपछि मात्रै वास्तविकता खुल्ने बताइएको छ।

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *