विश्व

प्रधानमन्त्री शरिफले बोलाए परमाणु हतियार बारे निर्णय लिने अथोरिटीको बैठक

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शबाज शरिफले नेशनल कमाण्ड अथोरिटीको बैठक बोलाएका छन् । पिटीभी न्यूजका अनुसार प्रधानमन्त्री शरिफले शनिबार नेशनल कमाण्ड अथोरिटीको बैठक बोलाएका हुन् ।पाकिस्तानले भारतविरुद्ध आक्रमण शुरु गरेको घोषणा गरेसँगै प्रधानमन्त्री शरिफले अथोरिटीको बैठक बोलाएका छन् ।

अथोरिटीले पाकिस्तानको परमाणु हरियारको कमाण्ड, कन्ट्रोल र अप्रेशन बारे निर्णय लिने गर्दछ । यस अथोरिटीको अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने पाकिस्तानी विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, रक्षा मन्त्री र रक्षा उत्पादन मन्त्री सदस्य रहने गर्दछन् । त्यस्तै यस अथोरिटीमा सेनाका ज्वाइन्ट चिफ स्टाफ, सेना प्रमुख, नाभी प्रमुख र चिफ अफ एयर स्टाफ सदस्य रहने गर्दछन् । त्यस्तै सेनाका स्ट्राटेजिक प्लान डिभिजनका निर्देशक र पाकिस्तानको इन्टेलिजेन्स आइएसआईका निर्देशक पनि सदस्य रहने गर्दछन् ।

भारतसँगको युद्ध बढ्दै गएमा दुवै परमाणु देशले परमाणु हतियार प्रयोग गर्न सक्ने डर बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *