विश्व

भारतविरुद्ध प्रतिआक्रमण सुरु गर्यौं- पाकिस्तान

काठमाडौँ । पाकिस्तानले भारतविरुद्ध प्रतिआक्रमण सुरु गरेको बताएको छ ।पाकिस्तानी सेनाको जनसम्पर्क विभागले भारतले आफ्ना तीन सैन्य हवाई अड्डाहरूलाई निशाना बनाएको आरोप लगाउदै यसको विरुद्ध प्रतिआक्रमण सुरु गरेको बताएको हो ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग, आईएसपीआरका अनुसार पाकिस्तानले बदलाको कारबाहीलाई ‘अपरेशन बन्यान मार्स’ नाम दिएको छ ।

पाकिस्तानको यी दाबीहरूमा भारतले प्रतिक्रिया दिएको छैन । पछिल्लो तीनदिन देखि पाकिस्तानी पक्षबाट भारतमा लगातार ड्रोन आक्रमण भएको भएपनि पाकिस्तानले औपचारिक रुपमा आक्रमण शुरु गरेको आज मात्र बताएको हो । योसँगै भारत र पाकिस्तान युद्धमा गएको विश्लेषण गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *