विश्व

मस्को परेड पछि पुटिनले भेटे उत्तरी कोरियाली सैनिक, दिए धन्यबाद

मस्को। रूसका राष्ट्रपति भ्लादिमर पुटिनले रेड स्क्वायर परेड पछि उत्तर कोरियाली सैन्य अधिकारीहरूसँग कुराकानी गरेका छन् ।

मस्कोमा ८० औं विजय दिवसको परेड पछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रेड स्क्वायरमा कोरियाली जन सेनाका कमाण्डरहरूसँग केही वाक्यांशहरू आदानप्रदान गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ ।

 

पुटिनले देशको सशस्त्र सेनाको सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै उनीहरुसँग हात मिलाएर अँगालो हालेका थिए । सो भेटका क्रममा उत्तर कोरियाली राजदूत पनि उपस्थित रहेका थिए ।

 

‘सबै लडाकुहरूको स्वास्थ्य छन्’, पुटिनले उत्तर कोरियाली जनरलहरूसँग कुरा गर्दै भने, ‘तपाई र तपाईका सबै सेनाहरू सबै भन्दा राम्रो र परिपक्व रहेका छन् ।’ उनले साे क्रममा सहयाेगका लागि धन्यबादसमेत ब्यक्त गरेका थिए ।

 

गत अप्रिल २६ मा रुसी सशस्त्र बलका जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभले युक्रेनी सेनाबाट रुसको कुर्स्क क्षेत्रलाई मुक्त गराउन उत्तर कोरियाका सैनिकहरूले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *