देश

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजदेखि सुरु, उपराष्ट्रपतिद्वारा उद्घाटन

काठमाडौं। नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट सुरू हुदैँछ ।ललितपुरमा वैशाख २७ बाट सुरू हुने सो समिट ३० गते लोमान्थाङमा गएर समापन हुनेछ ।

युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालका अनुसार लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्‌घाटन ललितपुरको होटल हिमालय, शनिबार  हुनेछ भने यसको समापन बैशाख ३० मा मुस्ताङमा गरिनेछ ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कार्यक्रमको समुदघाटन हुने समारोहमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकारहरुबाट सम्बोधन हुने युनियनका अध्यक्ष लम्सालले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *