देश

इन्जिनियरको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक, ललितपुरमा इन्जिनियर करारमा कार्यरत सुमन खनालले नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले बिई र नेपाल इन्जिनियरिङ काउन्सिलको शैक्षिक योग्यताका प्रमाणपत्र नक्‍कली पेश गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ । उनले नक्कली प्रमाणपत्र पेश गरेर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विहिबार विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *