देश

अष्ट्रेलिया र मलेसियाका राजदूतलाई थप जिम्मेवारी

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी प्रदान गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलाई न्यूजिल्याण्डको समेत गैरआवासीय राजदूत नियुक्त गरेका छन्।

यस्तै राष्ट्रपतिले मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *