देश

प्रतिनिधि सभाका पूर्व सदस्य नेपालको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभाले पूर्व सदस्य प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा दिवंगत नेपालको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

नेकपा एमालेको तर्फबाट २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेपाल २०६५ सालमा काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

दिवंगत नेपाल पूर्व मन्त्री समेत थिए । नेपालको ७१ वर्षको उमेरमा वैशाख २३ गते काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । बैठकले उनको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । बैठकले दिवंगत नेपालको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट उठेर मौन धारण समेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *