मुख्य समाचार

सांसद डांगीको प्रश्न – ‘नाफाबाट घाटामा पुगेको विद्युत प्राधिकरण, गभर्नर नियुक्तिमा सरकार किन सुस्त ?’

काठमाडौं । रास्वपा सांसद निशा डांगीले नेपाल विद्युत प्राधिकरणको आर्थिक अवस्था र गभर्नर नियुक्तिमा सरकारको ढिलाइप्रति संसदमा प्रश्न उठाएकी छन्।

केही महिनाअघि ४६ अर्ब ४७ करोड रुपैयाँ नाफामा रहेको प्राधिकरण अहिले ५ अर्ब २६ करोड घाटामा पुग्नु चिन्ताजनक विषय हो। “यस्तो कसरी भयो भनेर उर्जामन्त्रीले संसदमा आएर स्पष्टिकरण दिनुपर्छ,” उनले माग गरिन्।

साथै उनले लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा योग्य व्यक्तिको नियुक्ति नहुनु सरकारको कमजोरी भएको बताइन्। “मेरिटोक्रेसीको आधारमा नियुक्ति गर्न सकिन्छ, तर हावा कुरा गरेर समय बर्बाद नगरौँ,” उनले भनिन्।

डांगीले वर्षायाम सुरु भइसकेको र नागरिकलाई हिँडडुल गर्न कठिन भएको जनाउँदै सरकारको ध्यान आधारभूत सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिइन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *