विश्व

‘अपरेशन सिन्दूर’ले रातभर सुतेनन् मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा रातभर ध्यान केन्द्रित गरेको भारतीय समाचार एजेन्सी एएनआई ले जनाएको छ। मोदीले नौवटा आतंकी आधारशिविरमा गरिएको सफल हवाई हमलाको समन्वय र निगरानी आफैंले गरेका थिए।

भारतीय सेनाले आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा जैश-ए-मोहम्मद र लश्कर-ए-तैयबा का शीर्ष नेतृत्व रहेका स्थानहरूलाई लक्षित गर्दै ‘अपरेशन सिन्दूर’ अन्तर्गत कारबाही गरेको हो।

यस सैन्य कारबाहीका कारण भारतको उत्तरी हवाई क्षेत्रमा उडानहरू प्रभावित भएका छन्। इंडिगो एयरलाइन्स का अनुसार श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बीकानेरबाट हुने अधिकांश उडानहरू ढिलो भएका छन्।

भारतीय विदेश मन्त्रालयले पाकिस्तानमाथि गरिएको हवाई कारबाहीको जानकारी अमेरिका, बेलायत, साउदी अरेबिया, युएई र रुसलगायतका प्रमुख मुलुकहरूलाई दिएको जनाएको छ।

‘अपरेशन सिन्दूर’लाई हालको सबैभन्दा ठूलो सैन्य प्रतिक्रिया मानिएको छ, जुन २२ अप्रिलको पहलगाम आतंकवादी आक्रमणपछि प्रारम्भ गरिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *