देश

प्रचण्ड शौचालयमा लडेर घाइते, मेडिसिटी अस्पतालमा उपचार हुँदै

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।

गएराति झन्डै १२ बजे आफ्नै निवासमा लडेर उनी घाइते भएका हुन्। उनको सचिवालय स्रोतका अनुसार शौचालयमा लडेपछि उनको निधारमा चोट लागेको छ। राति नै उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्‍याइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *