देश

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिएकी छन् ।

प्रदेश राजपत्रको खण्ड ८ संख्या ३२ प्रदेश राजपत्र भाग ३ मिति २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गते प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको छ । प्रदेश सरकारले चैत १८ मा बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदासहित क्यालेन्डरमा नै उल्लेख गर्ने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *