विश्व

भारतसँगको तनावका बिच पाकिस्तानको ब्यालेस्टिक मिसाइलको परीक्षण

काठमाडौँ । पाकिस्तानले अब्दाली हतियार प्रणालीको सफल प्रशिक्षण परीक्षण गरेको दाबी गरेको छ ।

यो जमिनबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र हो, जसले ४५० किलोमिटरसम्मको लक्ष्यलाई निशाना बनाउन सक्छ ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा यो क्षेप्यास्त्र प्रहार गर्नुको उद्देश्य सैनिकहरूको तयारी सुनिश्चित गर्नु र क्षेप्यास्त्रको प्राविधिक विशेषताहरूको परीक्षण गर्नु रहेको उल्लेख छ, जसमा यसको उन्नत नेभिगेसन प्रणाली पनि समावेश छ ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी, प्रधानमन्त्री शाहबाज शरीफ र सेना प्रमुखहरूले सहभागी सैनिक, वैज्ञानिक र इन्जिनियरहरूलाई बधाई दिएका छन् ।

जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव चरम सीमामा पुगेको छ । दुवै देशका राजनीतिक नेतृत्वले एकअर्कालाई कडा चेतावनी र कडा बयान जारी गर्दै उचित जवाफको माग गरिरहेका बेला पाकिस्तानले यो प्रशिक्षण परीक्षण गरेको दाबी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *