खेलकुद

दोस्रो क्याम्पका लागि क्यानले छान्यो २५ खेलाडी, कुशल मल्ल परेनन्

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको क्याम्पका लागि २५ खेलाडी छनौट गरेको छ ।

कप्तान रोहित पौडेलसहित दोस्रो चरणको क्याम्पमा आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, भिम सार्की, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, अर्जुन साउद, बसिर अहमद, दिलिप नाथ, आरिफ सेख, युबराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललित राजबंशी, शहाब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतिस जिसी, रिजन ढकाल, आकास चन्द, रुपेश सिंह, लोकेश बम र शुभ कंसाकार रहेका छन् ।

राष्ट्रिय टिममा लगातार खेलिरहेका कुशल मल्ललाई भने यस सूचीबाट बाहिर राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *