विश्व

३६ घण्टाभित्र भारतीय सैन्य हमलाको चेतावनी पाएका छौँ : पाकिस्तान

पाकिस्तानी सूचना तथा प्रशारणमन्त्री अत्ताउल्लाह तरारले भारतले आगामी २४ देखि ३६ घण्टा भित्र सैन्य हमलाको योजना बनाएको बताएका छन् ।उनले बुधवार चेतावनी दिँदै भारतले आगामी २४ देखि ३६ घण्टा भित्र सैन्य हमलाको योजना बनाउन सक्ने बताए ।

एक भिडियो वक्तव्यमा तरारले पाकिस्तानले भारत नियन्त्रित कश्मीरमा अवस्थित पहलगाममा भएको हालैको घटनासँग सम्बन्धित निराधार आरोपको आधारमा भारत सैन्य कारबाहीको तयारी गरिरहेको संकेत विश्वसनीय गुप्तचरबाट प्राप्त गरेको बताए ।उनले भारतको यस्तो कुनैपनि कदमलाई निर्णायक प्रतिक्रियाको सामना गर्ने उनले चेतावनी दिए ।

भारतीय मिडिया रिपोर्टहरूकाअनुसार यस महिनाको शुरुमा पहलगाममा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि दुई दक्षिण एशियाली छिमेकीहरू बीच तनाव बढेको छ ।

जसमा कम्तिमा २५ जनाको मृत्यु भएको थियो । भारतले आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ, जुन आरोपलाई इस्लामाबादले कडा रूपमा अस्वीकार गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *