राजनीति

‘नेपाली काँग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ’ : सहमहामन्त्री परियार

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने बताएका छन् ।

आज पत्रकारसँग उनले पार्टीको महाधिवेशन आगामी मङ्सिर भित्रमा हुने बताउनुभयो । आन्तरिक कामका कारण रोकिएमा ढिलोमा विसं २०८३ वैशाखसम्ममा महाधिवेशन हुने उनको भनाइ छ । उनले भने, “विधानअनुसार पार्टीलाई चलाउन समयमै महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि प्रश्न उठ्छ ।”

वर्तमान सरकार काँग्रेस-एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *