काठमाडौं। सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा बार्ता जारी रहेकाे छ।हिजो राती अबेरसम्म भएको बार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेवाट पुनः बार्ता सुरू भएकाे हाे । सो बार्ता शिक्षा मन्त्रालयमा जारी रहेकाे छ ।
नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर्णय गराउने योजना रहेको छ । दोस्रो चरणमा भने संसदवाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः बार्ता हुन लागेको हो ।
यद्दपी, बार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजे देखी नयाँ बानेश्वर-माइतीघर खण्डमा जारी राखेकाे अध्यक्ष लक्ष्मीकिशाेर सुबेदीले जानकारी दिए ।




