काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच सिंहदरबारमा ‘निर्णायक वार्ता’ शुरू भएको छ ।
सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ‘निर्णायक’ भनिएको वार्ता शुरु भएको हो ।
सरकारी पक्षबाट वार्तामा शिक्षामन्त्री रघुजी पन्त बाहेक अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकपनि सहभागी भएका छन् । वार्तामा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहित चार जना सहभागी रहेका छन् ।
दिउसो नै वार्ता हुने भनिएको भएपनि साँझ मात्र वार्ता शुरु भएको हो । यस अघि सरकार र शिक्षकहरूबीच सोमबार राति अबेरसम्म पनि वार्ता भएको थियो । शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् ।




