देश

महामन्त्री थापाविरुद्धको मुद्दा न्यायाधीशद्वय मल्ल र पाण्डेयको इजलासमा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्धको रिटको सुनुवाई आज हुँदैछ ।

अदालतको अवहेलनाको आरोप लगाउँदै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेय संयुक्त इजलासमा तोकिएको हो ।

थापाविरूद्व अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध निवेदन दिएका हुन्।

थापाले गएको बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा ‘सर्वोच्च अदालतले ‘डिल गरिरहेको छ। हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *