देश

प्रतिनिधिसभा बैठक बस्दै, भन्सार बिधेयक पारित गरिने

काठमाडौं। प्रतिनिधिसभाका बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रबृधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंङ्गा नेत्र विश्वबिधालय, बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन ।

उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिबेदन सहितको भन्सार बिधेयक, २०८० माथी छलफल गरियोस्’ र सो बिधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

उता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले ‘कानुन, न्याय तथा मानव अधिकारी समितिको प्रतिबेदन सहितको केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयक २०८० माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्ने तथा सो बिधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *