देश

सप्तरीमा बस दुर्घटनामा तीनको मृत्यु, २२ जना घाइते

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–१०, बदगामास्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार मध्याह्न यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार गाईघाटबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती छन् । गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

अन्य दुई मृतक–एक पुरुष र एक महिला–को पहिचान खुल्न बाँकी रहेको र उनीहरूको शव गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस चालक मेचीनगर–७ का ४७ वर्षीय अमृत दर्जीलाई नियन्त्रणमा लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *