
काठमाडौँ।काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनमा एक जना शिक्षक कुटिएका छन्।
शनिबार दिउँसो १ बजेतिर काठमाडौं महानगरपालिका-१० बिजुलीबजारस्थित नेपाल शिक्षक महासंघ राष्ट्रिय आन्दोलनमा सहभागी एक शिक्षकमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
कैलाली धनगढी उपमहानगरपालिका-१ घर भइ काठमाडौं-३१ आलोकनगर बस्दै आएका ५४ वर्षीय केशव राज जोशीमाथि कुटपिट भएको हो।
उनी श्री दुर्गा आधारभुत माध्यामिक विद्यालय धनगढीमा पढाउने शिक्षक हुन्।अन्दाजी १५/२० जना शिक्षकको समूहसँग मतभेद हुँदा कुटपिट भएको प्रहरीको भनाइ छ।
उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनि बोल्न अवस्थामा भए पनि टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ।