देश

गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक छ : दीपक खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन र दिगो विकाससम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा उनले मुलुकको विकासमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताए ।

उनले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताए । ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पूरा गर्दा धेरै इञ्जिनियरले रोजगार पाउने उल्लेख गरे ।

बूढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सकेमात्रै १७ हजारभन्दा बढीले रोजगारी पाउने उनको भनाइ थियो । उनले मुलुकको विकासका लागि इञ्जिनियरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *