काठमाडौँ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज ताप्लेजुङ, पोखरा र जोमसोममा हल्का वर्षाको सम्भावना रहेको छ। यद्यपि, देशका अधिकांश शहरमा गर्मी बढेको छ।
आज सबैभन्दा बढी तापक्रम भैरहवामा ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, सबैभन्दा कम तापक्रम जुम्लामा आज राति ५ डिग्री सेल्सियससम्म रहने देखिन्छ।





