विश्व

पाकिस्तानका प्रधानमन्त्री शरीफले बोलाए राष्ट्रिय सुरक्षा समितिको बैठक

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरुद्ध एक्सन लिदै पाकिस्तानी नागरिकलाई भिसा रद्ध गर्नेदेखि सिन्धु ग्ल सम्झौता रद्ध गर्नेसम्मका निर्णय गरेपछि शरीफले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएको पाकिस्तानी मिडियाहरुले जानकारी दिएका छन् ।बैठकले भारतको निर्णयको जवाफ दिने बताइएको छ ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले बैठक बारे जानकारी दिदै भनेका छन्- ‘प्रधानमन्त्री शाहबाज शरीफले आज साँझ भारत सरकारले जारी गरेको विज्ञप्तिको जवाफ दिन बिहीबार बिहान राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन् ।’

मंगलबार भएको पहलगाम आक्रमणमा पाकिस्तानी आतंककारी संगठन लश्कर-ए-तोयबाको संलग्नता पुष्टि भएको छ । यस आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *