देश

संवैधानिक पदाधिकारीहरूको मुद्दाको सुनुवाइ २८ वैशाखसम्म स्थगित

काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरूको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको विदेश भ्रमणका कारण २८ वैशाखसम्म स्थगित भएको छ ।

३० माघदेखि शुरू भएको सुनुवाइ हाल निरन्तर भइरहेको थियो, तर प्रधानन्यायाधीशको बेलायत भ्रमणका कारण अब साढे २ सातापछि मात्रै सुनुवाइ हुनेछ ।

अहिलेसम्म सबै रिट निवेदकहरूले बहस सकिसकेका छन् र सरकारी वकिलहरूको बहस चलिरहेको छ ।

कानुन व्यवसायीहरूको बहसपछि रिट निवेदकहरूको जवाफी बहस हुनेछ र त्यसपछि सर्वोच्च अदालतले निर्णय सुनाउनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *