देश

बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो, मोटरसाइकल पनि जलाइयो

कञ्चनपुर । बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज जलेको अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार रानाको शव शरीरको बाहिरी भाग जलेको अवस्थामा फेला परेको हो। शव भेटिएको नजिकै तोरीको भुसामा उनको मोटरसाइकल पनि जलाइएको अवस्थामा प्रहरीले फेला पारेको छ।

बेलडाँडी गाउँपालिका–३ का बासिन्दा राना भैँसीपालन गरी दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका थिए। “घटनास्थलमा प्रहरी टोली पुगेको छ,” प्रहरी नायब उपरीक्षक जोशीले भने, “के कति कारणले रानाको मृत्यु भयो भन्नेबारे अनुसन्धान गर्दैछौँ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *