देश

रेडक्रस दाङका पूर्वअध्यक्षले आँफैँमाथि हाने गोली

काठमाडौं । रेडक्रस दाङका पूर्वअध्यक्ष नारायण प्रसाद आचार्यले आफ्नै बन्दुक प्रयोग गरी आत्महत्या गरेका छन्। अन्दाजी ८० वर्षका आचार्यले आइतबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–७, मोतिपुरस्थित आफ्नै घरमा छातीमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, उनले १२ बोरको बन्दुक प्रयोग गरी आत्महत्या गरेका हुन्। घटनास्थलमा प्रहरी पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

सम्पन्न परिवारका सदस्य आचार्य रेडक्रसको दाङ शाखामा लामो समयसम्म नेतृत्वदायी भूमिका निभाइसकेका थिए। उनका छोरा प्रकाश आचार्य दाङकै प्रमुख जग्गा व्यवसायीमध्ये एक मानिन्छन्।

हाल आत्महत्याको कारणबारे स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। स्थानीय समाजसेवी तथा राजनीतिक वृत्तमा सक्रिय आचार्यको मृत्युले दाङमा शोकको वातावरण छाएको छ।

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *