खेलकुद

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ७ विकेटले विजयी

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई ७ विकेटले पराजित गरेको हो ।

 

पञ्जावले दिएको १५८ रनको लक्ष्य पछाएको बैंगलुरुले १८.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । बैंगलुरुको जितमा विराट कोहलीले अविजित ७३ रन बनाए भने देवदत्त पाडिकलले ६१ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै पञ्जावले २० ओभरमा ६ विकेट गुमाउदै १५७ रन बनाएको थियो ।

पञ्जावका लागि प्रभसिमरन सिंहले सर्बाधिक ३३ रन बनाए भने शशांक सिंहले ३१, जोश इंगलिसले २९, मार्को जानसेनले २५ र प्रियांश आर्याले २२ रन बनाएका थिए ।

त्यसैगरी क्रुनाल पाण्डेय र सुयाश शर्माले २-२ विकेट लिए भने रोमारियो शेपार्डले एक विकेट लिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ८ खेलमा १० अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी पञ्जाव किंग्सको पनि ८ खेलमा १० अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *