देश

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न जिल्लाहरूबाट प्रतिबन्धित लागुऔषधसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत र सङ्खुवासभाबाट उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मकवानपुरको हेटौँडाबाट खैरो हेरोइन जस्तो पदार्थसहित दुई जना, मोरङको विराटनगरबाट ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्। चितवनको भरतपुरबाट नियन्त्रित लागुऔषध ट्रामाडोल र गाँजासहित दुई जना पक्राउ परेका छन्।

त्यसैगरी, कैलालीबाट ब्राउनसुगरसहित एक जना, कञ्चनपुरको बेलौरी र भीमदत्त नगरपालिकाबाट खैरो हेरोइन जस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगरबाट ब्राउनसुगरसहित एक जना र सङ्खुवासभाबाट अफिम जस्तो पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको सम्बन्धित प्रहरी कार्यालयहरूले जनाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *