देश

भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा

काठमाडौं। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिटको सुनवाई हुदैँछ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा उनको रिटमा सुनवाइ हुन लागेको हो ।

गभर्नर बन्ने चर्चापरिचर्चाको बिचमा डा. भट्टलाई समेत विपक्षी बनाएर अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएका हुन् ।सरकारले संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध पनि उनले रिट दायर गरेको थिए । अन्तरिम आदेश प्रयोजनका निम्ति आजको पेसी तोकिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *