काठमाडौं । गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा गुजरातले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो ।
दिल्लीले दिएको २०४ रनको लक्ष्य पछाएको गुजरातले १९.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
गुजरातको जितमा जोस बटलरले अविजित ९७ रन बनाए भने शेरफान रुथरफोर्डले ४३ रन बनाए भने साइ सुदर्शनले ३६ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको थियो । दिल्लीका लागि कप्तान अक्सर पटेलले सर्बाधिक ३९ रन बनाए भने आशुतोष शर्माले ३७, करुन नायर र ट्रीस्टान स्टब्सले ३१-३१ रन बनाएका थिए । त्यसैगरी गुजरातका बलर प्रसिद्ध कृष्णले सर्बाधिक ४ विकेट लिए भने मोहमद सिराज, अर्षद खान, इशान्त शर्मा र साइ कोशोरले एक एक विकेट लिए ।
यो जितपछि गुजरात अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । यो जितपछि गुजरातको ७ खेलमा ५ जितसहित १० अंक हासिल गर्दै शिर्ष स्थानमा पुगेको हो । त्यस्तै दिल्ली क्यापिटल्सको ७ खेलमा १० अंक रहेको छ र दोस्रो स्थानमा झरेको छ ।




