देश

शिक्षक महासंघले बोलायो बैठक

काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक आज बस्दैछ । सरकारसँग वार्तापछि आज महासंघले बैठक बोलाएको हो ।

आज दिउसो ३:१५ बजे मध्यबानेश्वर स्थित रत्नराज्य माविमा बस्ने भएको बैठकमा समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ ।

बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई बोलाइएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *