काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । शुक्रबार भट्टले कामु गभर्नर निलम ढुंगानालाई राजीनामा बुझाएको बताइएको छ ।
दलीय भागबण्डामा प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर पद कांग्रेसलाई दिन तयार भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकारी निर्देशक भट्टलाई गभर्नर बनाउन अगाडी सारेपछि उनको राजीनामा आएको हो ।
भट्टले राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत भए नभएको भने जानकारी प्राप्त भएको छैन ।
भट्टको राजीनामाले सरकारले गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित समितिको बैठक समेत छिटै बस्ने बताइएको छ ।




