देश

पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजमाथि जबरजस्ती करणीको आरोप – पूर्वप्रदेश प्रमुख अहिराज फरार

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख र चर्चित मधेशवादी अभियन्ता डा. राजेश अहिराज अहिले गम्भीर कानुनी फन्दामा परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरले जबरजस्ती करणीसम्बन्धी मुद्दामा उनलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ। प्रहरीका अनुसार, उनीमाथि एक नाबालिगमाथि लामो समयदेखि यौन तथा मानसिक उत्पीडन गरेको आरोप लागेको छ।

जाहेरी अनुसार, पीडित किशोरीमाथि अहिराजले उनी १७ वर्षको हुँदा देखिनै शारीरिक र मानसिक यातना दिँदै आएका थिए। पीडित मधेश क्षेत्रकै हुन्। प्रारम्भमा पीडितले राष्ट्रिय महिला आयोगमा उजुरी दिएकी थिइन्। त्यसपछि केही महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी परिसर अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा औपचारिक जाहेरी दर्ता भएको थियो।

जाहेरी फागुन ३ गते प्रहरी कार्यालयमा अभिलेख गरिएको थियो। अनुसन्धान सुरु गरेपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी माग गरिएको र अदालतले सो आदेश जारी गरेको प्रहरी प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।

तर, पुर्जी जारी भएको चार दिन बितिसक्दा पनि अहिराज प्रहरी सम्पर्कमा आएका छैनन्। प्रहरीले उनलाई फेला पार्न खोजी कार्य तीव्र बनाएको बताएको छ। जाहेरी दिने पीडितको परिचय गोप्य राखिएको छ। प्रहरी अभिलेखमा पनि उनको नाम परिवर्तन गरिएको छ। पीडितको मानसिक सुरक्षालाई ध्यानमा राख्दै सुरक्षात्मक विधि अपनाइएको छ।

डा.अहिराज मधेश राजनीति र अधिकारकर्मीका रूपमा चिनिँदै आएका व्यक्ति हुन्। उनीमाथिको यस्तो गम्भीर आरोपले राजनीतिमा ठूलो तरंग ल्याउने देखिएको छ। यदि अनुसन्धानपछि आरोप पुष्टि भयो भने, यसले अधिकारकर्मी, नेताको भूमिकामाथि पुनर्विचार गर्नुपर्ने अवस्था ल्याउन सक्छ।

 

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *