काठमाडौँ। प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंमा निधन भएको छ। नेपाली कांग्रेसका नेता तथा तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी श्रेष्ठको मंगलबार राति निधन भएको हो।
श्रेष्ठले विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको संघर्षमा अग्रपंक्तिमा रहेर सक्रिय भूमिका निर्वाह गरेका थिए। आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले शोकग्रस्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्।




