कर्णाली प्रदेश

तातोपानीमा ५७ लाखको लिफ्ट सिँचाइ आयोजना सम्पन्न, ३५ परिवार लाभान्वित

 

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा रु ५७ लाख ६१ हजारको लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित यो आयोजना निर्माण गरिएको हो।

कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा पचास घनमिटरको रिजर्भ ट्याङ्की र दुईवटा १० घनमिटरका सहायक ट्याङ्की निर्माण गरिएको छ।

लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टले जानकारी दिए अनुसार यस आयोजनाबाट वडाका ३५ परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *