काठमाडौं। राजतन्त्रको पक्षमा नाराबाजी गरेको आरोपमा पक्राउ परेका अमेरिकी नागरिक जुलियन किर्पाललाई नेपाल सरकारले देश निकाला गरेको छ।
किर्पाल मंगलबार एयर इन्डियाको ४:२७ बजेको उडानबाट दिल्ली हुँदै अमेरिका प्रस्थान गरेका हुन्। अध्यागमन विभागले उनलाई निष्कासन गरी दुई वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ।
गत चैत १४ गते माइतीघरबाट पक्राउ परेका किर्पाल पर्यटक भिसामा नेपालमा बस्दै आएका थिए। प्रहरीको अनुसन्धानमा उनी राजावादीहरूसँग निरन्तर सम्पर्कमा रहेको खुलेको थियो। राजतन्त्रको पक्षमा सार्वजनिक रूपमा नाराबाजी गरेपछि उनलाई पक्राउ गरिएको थियो।



