खेलकुद

विश्वकप एसिया छनोट : ओमानमाथि नेपालको दोस्रो जित

काठमाडौं । युवराज खत्रीको प्रभावशाली स्पिन र ओपनरहरूको संयमित ब्याटिङको भरमा नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत लगातार दोस्रो जित दर्ता गरेको छ ।

मुलपानीस्थित क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै सानदार जित हासिल गरेको हो ।

ओमानले दिएको ११८ रनको सामान्य लक्ष्य नेपालले १४।३ ओभरमै २ विकेट गुमाउँदै सजिलै पूरा गर्‍यो । नेपालका निरज यादवले आक्रामक ब्याटिङ गर्दै ४६ रन बनाए भने साहिल पटेलले ४४ रनको योगदान दिए । ओमानका बलर सौम्या भविनले मात्र २ विकेट लिन सके ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको ओमानलाई नेपाली स्पिनर युवराज खत्रीले घुँडा टेकाए । उनले ७ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । ओमान ३८ ओभरमै ११७ रनमा अलआउट भयो ।

त्यस्तै, ब्याटिङतर्फ नेपालका व्रजेश साहले पनि सानदार प्रदर्शन गर्दै ७८ बलमा ६ चौकाको मद्दतले ५२ रन बनाए । सिद्धार्थ सोम्या शंकरले १६ रनको योगदान दिए ।

नेपालले एसिया छनोटमा राम्रो सुरुआत गर्दै शीर्ष स्थानमा आफूलाई मजबुत बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *