खेलकुद

कुवेतले नेपाललाई हराउँदै चारदेशीय टी–२० शृङ्खला जित्यो,बसिरको अर्धशतक पनि नेपाललाई जिताउन सकेन

काठमाडौँ । ङकङमा जारी चारदेशीय टी–२० आई शृङ्खला कुवेतले जितेको छ । फाइनल खेलमा नेपाललाई तीन रनले हराउँदै कुवेत च्याम्पियन बनेको हो ।

कुवेतले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिमसम्म लडाईं गरेपनि जित निकाल्न सकेन । नेपालका लागि बसिर अहमदले

८० रनको आक्रामक इनिङ्स खेलेपनि नेपाललाई जित दिलाउन सकेनन् । ४३ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै, नन्दन यादवले १४ बलमा ३७ रन जोडे । उनले २ चौका र ४ छक्का प्रहार गरे ।

आसिफ शेखले २१ रन बनाउँदा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न सकेनन् । कुशल मल्ल, दिपेन्द्र सिंह ऐरीले खाता समेत खोल्न सकेनन् ।

कुवेतका लागि अनुदीप चेन्थमाराले तीन, यशिन पटेल रनवीनराज राजेन्द्रनले दुई–दुई तथा मोहम्मद अस्लाम र मोहमद शफिकले एक–एक विकेट लिए ।

त्यसअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनायो ।

उसका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए भने अन्य खेलाडीले दोेहोरो अङ्कमा रन जोेड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई–दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एकरएक विकेट हात पारे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *